Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रधानमन्त्रीमाथि कारबाही भए गोकुल बास्कोटाले प्रतिरक्षा गर्ने


    मंगलबार, कार्तिक २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि कारबाहीको तयारी भएको संकेत पाएको बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत बास्कोटाले उनीमाथि कारबाही भए प्रतिरक्षा गर्न तयार भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘जीम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कारबाही गर्ने तयारी छ रे । भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

    गत शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गरेका थिए । अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रह गरेका थिए ।

    बास्कोटा प्रम ओलीका विश्वास पात्र मानिन्छन् । मन्त्री पद खुस्किएका उनी अझै पनि प्रमको बालकोटस्थित घरमा आश्रय लिएर बसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार