Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • दुई सदस्य नआएपछि रोकियो नेकपा कार्यदलको बैठक


    सोमबार, कार्तिक २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक अप्ठ्यारोमा परेपछि ब्यूताउँन लागेको कार्यदलको बैठक स्थगित भएको छ । 

    यसअघिको विवादका क्रममा गठन भएको सो कार्यदलका सदस्यलाई प्रम ओलीले आज अकस्मात बालुवाटार बोलाएका थिए । तर कार्यदलका दुई सदस्य पम्फा भुसाल र जनार्दन शर्मा नआएपछि बैठक रोकिएको हो । शर्मा आइसोलेसनमा रहेको र पम्फा भुसाललाई राज्यव्यवस्था समितिको बैठकमा गएकी थिइन् ।

    कार्यदलका सदस्य शंकर पोखरेल, विष्णु पौडेल र भीम रावल र सुरेन्द्र पाण्डे भने बालुवाटार पुगेका थिए । 

    नेकपामा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो।

    सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार