Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा कोरोना परीक्षण ल्याब स्थापना हुदै 


    बुधबार, चैत्र २६ २०७६
    755
    Shares
  • २ मिनेट पाठ
  • दाङ,२६ चैत ।  दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालै कोरोना भाइरस परीक्षण ल्याब सञ्चालन हुने भएको छ। प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण गर्ने ल्याब बिहिवार काठमाडौंबाट आउने भएको छ।

    प्रतिष्ठानका उपकुलपती डा.संगिता भण्डारीले बिहिवारको फ्लाईटबाट कोरोना संक्रमण पुष्टि गर्ने ल्याब आउने जानकारी दिँदै भने, ‘त्यो सामान आउनासाथ हामीहरुले सेवा सुरू गरिहाल्छौं।’

    ल्याब सञ्चालनका लागि प्रतिष्ठानले गर्नुपर्ने तयारी आफ्नो तर्फबाट पुरा गरिसकेको भन्दै डा. भण्डारीले मेशिन आएको भोलिपल्टै देखि नै सेवा सुरू भइसक्ने वताईन्।  ‘ल्याब सञ्चालनका लागि प्रतिष्ठानका तर्फबाट हुनुपर्ने सबै तयारी पुरा भैसकेको छ, ल्याब सञ्चालनका लागि भवन तयारी अवस्थामा राखेका छौं’, उनले भनिन्, ‘हामी मेशिनको प्रतिक्षामा छौं, मेशिन आएको भोलिपल्ट देखिनै सेवा सुरू गरिहाल्छौं।’ आफूहरू तत्काल यो सेवा सञ्चालन गर्न आतुर रहेपनि ल्याब मेशिन व्यवस्थापनमा केहि समय लागेको उनको भनाई छ। 

    प्रतिष्ठानमा अहिले आईशोलेशन स्थापना गरेर कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरूको उपचार भैरहेको छ। यस्ता बिरामीहरुको स्वास्थ्य परिक्षणका लागि अहिले स्वाब संकलन गरेर बाहिर पठाउनु परेको छ। तर यहि प्रतिष्ठानमै कोरोना परिक्षण ल्याब सञ्चालन भए दाङ लगाएतका सावीकका राप्ती अञ्चलका जिल्लाका नागरिकहरुको स्वाब परीक्षणका लागि सहज हुने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार