काठमाडौं । नेकपाको जारी विवादका बीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सामु प्रस्ताव राखेका छन् । उनले १५ दिनभित्र सचिवालय बैठक बोलाउने प्रस्ताव पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल मार्फत सो प्रस्ताव राखेका हुन् । ओलीको प्रस्ताव लिएर पौडेल खुमलटार पुगेका हुन् ।
ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने पौडेलले जानकारी गराएका थिए।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।
तर प्रचण्डले भने अहिलेको मागमा विधानको सो व्यवस्था आकर्षित नहुने बताएका छन् । उनले आफूले नै सचिवालय बैठक बोलाउन सक्ने भएपनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई औपचारिक आग्रह गरेको बताए।
प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डको समूहले कडा कदम चाल्ने बताइएको छ ।
यसअघि प्रम ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र विष्णु पौडेल मार्फत वामदेव गौतमलाई फकाउने प्रयास गरेका थिए । तर गौतम भने उनको प्रस्तावमा सहमत भएनन् । लगत्तै उनले माधवकुमार नेपाल लगायतका नेताहरुलाई बालुवाटार बोलाएर आफूलाई साथ दिन आग्रह गरेका थिए । तर नेपालले भने उनको प्रस्तावमा छलफल गर्नुभन्दा सचिवालय बैठक बोलाउन नै आग्रह गरेका थिए ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend