Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालसहित चार नेता बालुवाटारमा


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाएकाले ती नेताहरू बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

    यी चारै नेता ओली समूहको कडा विरोधीका रुपमा चिनिन्छन् । पछिल्लो समय विवाद भैरहँदा यी नेताहरुले खुलेरै प्रम ओलीको आलोचना गर्दै आएका छन् । 

    नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११  गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

    यस्तैगरी आफू निकटका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पूर्व एमाले भेला गर्दै जबज सिद्धान्तमा उभिनका लागि आव्हान गर्दै आइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार