Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली सेनिटाइजर बिक्री गर्ने पक्राउ


    बुधबार, चैत्र २६ २०७६
    665
    Shares
  • १ मिनेट पाठ
  •  

    भक्तपुर,२६ चैत । नक्कली सेनिटाइजर विक्र गर्ने व्यक्तिलाई  प्रहरीले गरेको छ । भक्तपुर नगरपालिका १० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली सेनिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका ३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको हो ।

    उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

    कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार