Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु


    बुधबार, फाल्गुन ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्थानीय ६६ वर्षका गणेशमान गोरे रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार