Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशी प्रदेश सरकार र पहिचानवादीको दोस्रो वार्ता विराटनगरमा जारी


    बुधबार, फाल्गुन ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिबीच दोस्रो वार्ता भईरहेको छ। विराटनगरको होटल स्टर्न स्टारमा आज दिउँसो ४ बजेदेखि वार्ता जारी छ ।

    वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलको सहभागिता रहेको बताइएको छ ।

    यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ । गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार