काठमाडौं । फुटको सँघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको चर्चा चलेको छ । आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । सो सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित छन् ।
कार्यकारी अध्यक्षका हैसियतले उनले सचिवालय बैठक बोलाउन सक्ने व्यवस्था छ । आजको बैठकले कुनै महत्वपूर्ण निर्णय गरेको खण्डमा नेकपा औपचारिक रुपमा फुटेको बुझ्न कठिन नहुने नेकपाका नेताहरु बताइरहेका छन् ।
आजको बैठकमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल उपस्थित छन् ।
यस्तै गृहमन्त्री रामबहादुर थापा बादल पनि अनुपस्थित रहेका छन् । तर थापा अनुपस्थित भएको विषयमा भने अनेक चर्चा चलिरहेको छ । प्रचण्डले ३ बजे सचिवालय बैठक बोलाएको थाहा पाएसँगै दिउँसो १ बजे नै विष्णु पौडेल गृह मन्त्रालय पुगेका थिए । खुमलटारनिकट स्रोतले अनुसार उनी थापालाई सचिवालय बैठकमा जान नदिनका र अल्मल्याउनका लागि त्यहाँ पुगेको आरोप लगाएका छन् । यसअघि प्रचण्डले बोलाएको बैठकमा भने थापा उपस्थित भएका थिए ।
यसअघि प्रचण्डले सचिवालय बैठक बोलाउनका लागि प्रम ओलीसँग बारम्बार आग्रह गरेका थिए । तर ओलीले भने बैठकको आवश्यकता नरहेको बताउँदै आएका थिए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend