Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियो ओली-प्रचण्ड छलफल, सचिवालय बैठक अनिश्चित


    बिहिबार, कार्तिक २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। दुई अध्यक्षबीच झण्डै एक घण्टा छलफल चलेको थियो ।

    आजको बैठकमा पनि नेकपाका दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको स्रोतले बताएको छ। प्रचण्डको बैठक बोलाउने प्रस्तावमा प्रम ओली सकारात्मक हुन नसकेको बताइन्छ । योसँगै सचिवालय बैठक अनिश्चित भएको छ।

    यस्तैगरी प्रम ओलीको पछिल्ला अभिव्यक्ति र प्रदेश १ मा चालिएको गतिविधि बारेमा पनि प्रचण्डले प्रश्न गरेको खुमलटार स्रोतको दावी छ । 

    प्रचण्डले प्रम ओलीलाई यी गतिविधिले पार्टी एकताका असर पर्ने बताएको र प्रम ओलीले आफूलाई घेराबन्दीमा पारेको भन्दै असन्तुष्टि जनाएको पनि ती स्रोतले बताए ।

    यसअघि शनिबारको बैठकबाट पनि पार्टीमा जारी विवादमा समाधानको प्रगती हुन सकेको थिएन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार