Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको मूल्य


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार