काठमाडौैं । प्रधानमन्त्री केपी ओलीले आजको मन्त्रिपरिषद् बैठकमा पनि आफूले राजीनामा नदिने बताएका छन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किरहँदा प्रम ओलीले लगातार दोस्रो दिन राजीनामा नदिने बताएका हुन् ।
आजको मन्त्रिपरिषद् बैठकमा पनि उनले राजीनामा नदिने अडान दोहोर्याएको एक मन्त्रीले जानकारी दिए । सरकारमाथि चौतर्फी हमला भैरहेको आरोप लगाउँदै ओलीले आफूलाई कसैले काम गर्न नदिएको आरोप समेत लगाएको ती मन्त्रीले बताए ।
मन्त्रीहरुसँग प्रम ओलीले सरकारलाई पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला भएको र सोचेजति काम गर्न नसकिएको बताएका हुन् । प्रमले आफूलाई घेराबन्दी गरेको काम गर्न नसकेको बताउँदै राजीनामा मागेको तर आफूले नदिने बताएका हुन् । प्रम ओलीले आफ्नो राजीनमा मागिएकाले मुलुक गम्भीर मोडमा पुगेको समेत बताए ।
यसअघि बुधबार पनि ओलीले आफूले राजीनामा दिए मुलुक बर्बादीतर्फ जाने बताएका थिए ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसमक्ष आफूले गरेका काम र आफूविरुद्धको षडयन्त्रको सूची सुनाएको ती मन्त्रीले बताए ।
पछिल्ला दिनहरुमा आफ्ना अभिव्यक्तिका कारण प्रम ओली विवादित हुँदै आएका छन् । विशेषगरी सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयलसँगको भेटपछि उनको आलोचना हुन बढेको छ । यस्तै पार्टीका अर्का अध्यक्ष ष्पकमल दाहाल प्रचण्डसँग पार्टी फुटाउने प्रस्ताव गरेसँगै विवादित भएसँगै प्रम ओलीले राजीनामाको प्रसंगलाई जोडतोडसँग उठाइरहेका छन् ।
पार्टीमा विवाद बढेपनि आज नै प्रम ओली र प्रचण्डबीच भेट हुने कार्यक्रम छ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend