Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केन्द्रीय समिति बैठकका अघि कांग्रेस शीर्ष नेताको बैठक बस्दै


    बिहिबार, कार्तिक २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफलको तयारी भएको हो ।

    पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि मंगलबारलाई स्थगित भएको बैठक आज बस्न लागेको हो । केसीको निधनको शोकमा मंगलबार दिउँसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको थियो ।

    पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार पनि कांग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

    १४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा कांग्रेसभित्र विवाद रहेको छ । यस्तै विभाग गठन–मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका विषय पनि विवादित नै छ।

    भिडभाडसहितको बैठकका लागि आज सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिँदै छ । बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा पीसीआर परीक्षणको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार