Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमित लिएर अमेरिका पुगेको खुलासा


    बुधबार, कार्तिक १९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • विश्वप्रकाश शर्मा र तीर्थराज खनाल

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा एक सातादेखि अमेरिकामा छन् । कोरोना महामारीका बीच दशैंलगत्तै अमेरिकी राष्ट्रपतिको चुनाव अवलोकन गर्ने सिलसिलामा अमेरिका पुगेका शर्मासँगै गएका नेपाल सरकारका उपसचिव तीर्थराज खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    खनालका ९० बर्षीय पितालाई कोरोना संक्रमण पुष्टि भएको र छोरा तीर्थले टेष्ट गर्दा उनमा पनि पोजिटिभ देखिएको जानकारी प्रवक्ता शर्माले एक दिनअघि मंगलबार सामाजिक संजालमा सार्वजनिक गरेका छन् । झापाको गौरादहमा रहेका तीर्थका ९० बर्षीय पितालाई कोरोना संक्रमण भएको शर्माले सामाजिक संजाल फेसबुकमा १ दिनअघि मंगलबार पोष्ट गरेका हुन् । पितासँग भेटेर झापाबाट धरान हुँदै काठमाडौं अनि अमेरिका पुगेका तीर्थले अमेरिकामै कोरोना परीक्षण गर्दा उनमा समेत पोजेटिभ देखिएको शर्माले लेखेका छन् । प्रवक्ता शर्माको पोष्टले उनीसँग गएका तीर्थ खनाल कोरोना पोजेटिभ भएकै बेला नेपालबाट अमेरिका पुगेको पुष्टि हुन्छ ।  

    sharma 1.jpg

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारलाई कोरोना संक्रमण रोकथाममा संवेदनशील नभएको आरोप लगाउने गरेका शर्मा संक्रमित ब्यक्तिसँगै अमेरिका गएको पुष्टि उनी आफैंले गरेका छन् । सँगै गएका खनालमा कोरोना पोजेटिभ देखिएपछि आफूले पनि पीसीआर टेष्ट गराएको र त्यसको रिपोर्ट नेगेटिभ आएकाले अमेरिकामा रहेका शिव साहको घरबाट निक्लेर राष्ट्रपति निर्वाचनमा पुगेको कुरा पनि उनले मंगलबार राति फेसबुकमा राखेका छन् ।  

    उनले मंगलबारसम्म त अमेरिका गएको कुरासमेत खुलाएका थिएनन् । ९–१० दिनदेखि उनी अमेरिका भए पनि नेपाली कांग्रेसले उनकै हस्ताक्षरमा विज्ञप्ति निकाल्दैआएको थियो । प्रवक्ता शर्मा कार्टर सेन्टर नेपालका अध्यक्ष हुन् ।

    खनालले शर्मालाई हरतरहका सहयोग गर्दैआएका छन् । शर्मालाई जिल्ला जिल्लामा जाँदा गाडीदेखि सबै खर्चको ब्यवस्थापन उनले गर्ने गरेका छन् । उनलाई चुनावमा आर्थिक स्रोत जुटाउनेदेखि विदेश घुमाउनेसम्म खनालले नै गर्ने गरेका छन् । खनाल शर्माका अति निकट मानिन्छन् । शर्मालाई अमेरिका लाने सबै खर्चपर्च तीर्थराज खनालले नै गरेको बताइन्छ । 

    खनाल पनि झापाका हुन् । राजस्व अनुसन्धान विभागमा भरत सुवेदी निर्देशक हुँदा खनाल पनि कार्यरत थिए । खनाल र सुवेदीबीच त्यतिबेला ठूलै विवाद पनि भएको थियो । भरत सुवेदी राजस्व समूहका डनका रुपमा चिनिएका थिए । उनले उपसचिव भएर पनि सशस्त्र प्रहरीलाई बडीगार्ड राखेर ब्यापारीकोमा छापा हान्न जाने गर्थे । भरत सुवेदीले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा खनालका बिरुद्ध उजुरी हालेर दिनुसम्म दुःख पनि दिएका थिए । त्यसो त खनाल बैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभाग, यातायात ब्यवस्था विभाग जस्ता आकर्षक कार्यालयमा बसी कुस्त कमाउने उपसचिवभित्रै पर्दछन् ।

    सरकारको उपसचिव भए पनि उनी नेपाली कांग्रेसको नेताका रुपमा चिनाउने गर्दछन् । २०५१ मा सन्तनेता कृष्णप्रसाद भट्टराईले चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाका बिरुद्ध कालोझण्डा देखाउनेहरुको नेतृत्व खनालले नै गरेका थिए । २०५१ मै नेपाली कांग्रेसका बिरुद्ध वीपी कांग्रेस पार्टी खोल्ने मुख्य पात्र पनि तीर्थ खनाल नै थिए । टी. खनालको नाम राखी उनले नेपाली कांग्रेस वीपी खोलेका थिए । 

    यो पनि हेर्नुहोस्ः

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार