किभ । पूर्वी युक्रेनको खार्किभ सहरमा रहेको एक पेट्रोलपम्पमा आज शनिबार गरिएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सातजनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।
“खार्किभमा कब्जाधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ,” ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भने ।
मृतकमध्ये क्रमशः सात र चार वर्ष र ६ महिनाका बालबालिका छन् । खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति पुगेको बताए ।
घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।
“शत्रुको इरान निर्मित ड्रोनले पेट्रोलपम्पमा प्रहार गर्दा विस्फोट भई १४ निजी घर जलेका छन्,” उनले भने ।
खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीन ड्रोन प्रहार गरिएको बताए ।
खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि आज पनि हमला गरिएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend