Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवाद: पार्टी एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह


    मंगलबार, कार्तिक १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । 

    साे क्रममा राष्ट्रपति भण्डारीले गौतमलाई पार्टी फुट्नबाट जाेगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी हुन् । मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका गौतमलाई राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी हुन् ।

    नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारी आफैले भेट्न बाेलाएर भनिन्,‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो।’ राष्ट्रपतिले गौतमलाई आग्रह गरेकाे गाैतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

    जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ ।

    अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार