Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकातिर बरालिंदै कांग्रेस प्रवक्ता शर्मा र नेपाल सरकारका उपसचिव


    मंगलबार, कार्तिक १८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँयातिर तीर्थराज खनाल र दायाँतर्फ विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारका हरेक कदममा तुरुन्त प्रतिक्रिया दिने र सामाजिक संजालमा पनि उत्तिकै सक्रिय नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा केही दिनदेखि मिडियामा देखिएका छैनन् ।  प्रवक्ता शर्मा एक सातादेखि अमेरिका सयरमा भएकाले उनी नदेखिएका हुन् ।

    शर्मालाई अमेरिका घुमाउने चाँजोपाँजो नेपाल सरकारका उपसचिव तीर्थराज खनालले गरेका छन् । खनालले शर्मालाई हरतरहका सहयोग गर्दैआएका छन् । चुनावमा आर्थिक स्रोत जुटाउनेदेखि विदेश घुमाउनेसम्म खनालले नै गर्ने गरेका छन् । खनाल शर्माका अति निकट मानिन्छन् ।

    देश कोरोना महामारीमा छ । प्रतिपक्षी दलको प्रवक्ता भएकाले शर्माले सत्तापक्ष नेकपालाई जिम्मेवार नभएको आरोप लगाउँदैआएका छन् । तर उनी भने जनता कोरोना महामारीमा जुधिरहँदा विदेश सयरमा रमाइरहँदा उनी कति जिम्मेवार भए त भन्ने प्रश्न उठेको छ । 

    खनाल पनि झापाका हुन् । खनाल हक्की स्वभावका उपसचिव हुन् । खनालले नै प्रवक्ता शर्मालाई अमेरिका घुमाइको ब्यवस्थापन गरेका छन् ।राजस्व अनुसन्धान विभागमा भरत सुवेदी निर्देशक हुँदा खनाल पनि कार्यरत थिए ।

    खनाल र सुवेदीबीच त्यतिबेला ठूलै विवाद पनि भएको थियो । भरत सुवेदी राजस्व समूहका डनका रुपमा चिनिएका थिए । उनले उपसचिव भएर पनि सशस्त्र प्रहरीलाई बडीगार्ड राखेर ब्यापारीकोमा छापा हान्न जाने गर्थे । भरत सुवेदीले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा खनालका बिरुद्ध उजुरी हालेर दिनुसम्म दुःख पनि दिएका थिए । त्यसो त खनाल बैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभाग, यातायात ब्यवस्था विभाग जस्ता आकर्षक कार्यालयमा बसी कुस्त कमाउने उपसचिवभित्रै पर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार