Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको कारण लिवियाका पूर्वप्रधानमन्त्रीको  मृत्यु


    मंगलबार, चैत्र २५ २०७६
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं,२५ चैत। कोरोना भाइरस (कोभिड १९) को कारण लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको  मृत्यु भएको छ ।  सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका उनी प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।

    एलायन्सका सेक्रेटरी खलेद अल म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

    अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

    सन् २०११ को क्रान्तिमा जोडिनुभन्दा पहिला उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए । पछिल्लो समय लिबियामा बढेको हिंसाको कारण जिब्रिल मुलुक बाहिर रहँदै आएका थिए । लिबियामा भने अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार