Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • यो सातामा १५ सयले बढ्यो सुनको मूल्य


    शनिबार, माघ २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा १ हजार ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार ५०० रुपैयाँ बढेको महासङ्घले जानकारी दिएको हो ।

    महासङ्घका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता भने निरन्तररुपमा बढेको थियो ।

    यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको जनाइएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार