Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • माधव नेपाल भन्छन्- ‘मसानघाट’ पुगिसकेको राजतन्त्र कुनै हालतमा फर्किदैन

    राजतन्त्र मसान घाटको मुर्दा भइसकेको छ, अब फर्काउन सकिँदैन


    बिहिबार, माघ १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि हालतमा राजतन्त्र नफर्कने स्पष्ट पारेका छन् ।

    जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समुद्घाटन गर्न जनकपुरधाम पुगेका अध्यक्ष नेपालले राजतन्त्र फर्काउन नसक्ने दाबी गरेका हुन् ।

    अध्यक्ष नेपालले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे ।

    राजतन्त्र फर्काउन पनि नदिने उनको भनाई थियो । अध्यक्ष नेपालले राजतन्त्र फर्कने सम्भावना नरहेको बरु गणतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार