Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एसियन कपमा जापान र इरान क्वाटरफाइनलमा प्रवेश


    बिहिबार, माघ १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् । बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

    यस्तै बुधबार राति भएको अर्को खेलमा सिरियालाई हराउदै इरान पनि क्वाटरफाइनल पुगेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो । सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार