Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजतन्त्र फर्काउन सडकमा प्रदर्शन


    शनिबार, कार्तिक १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन अभियान शुरु गरेका छन् । राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढाउदै जनकपुरधाममा शनिबार र्‍याली निकालिएको छ ।

    राजतन्त्र समर्थकहरुको र्‍यालीले जनकपुरधाम नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नाराबाजीसमेत गरेका थिए ।

    र्‍यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्याहिंसा बलात्कारजस्ता जघन्य आपराधिक घटना नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।

    राष्ट्रवादी नागरिक समाजको उक्त अभियानका संयोजक चन्द्रबहादुरले देशमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्याहिंसा जस्ता घटनाहरु दिनदिनै बढ्न थाल्दा समेत सरकार मुकदर्शक बनेको भन्दै राजतन्त्र नै फर्काउनुपर्ने दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार