Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै


    सोमबार, माघ १५ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज पनि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक बस्दैछ। हिजो आइतबारबाट सुरु भएको बैठक आज विधान संशोधनका निम्ति छलफल गरेर समापन हुँदैछ ।

    आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ। आइतबारको पेश भएको विधान संशोधन मस्यौदामाथि आज १० जना नेताले धारणा राख्दैछन् ।

    पार्टीका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आज ‘११ बजेपछि सुरु हुने बैठकमा १० जना नेताले विधान संशोधनका सवालमा आफ्नो धारणा राख्नेछन् ।

    उक्त धारणापछि निष्कर्ष सुनाएर आजै बैठक सक्ने तयारी रहेको खतिवडाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार