Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


    शुक्रबार, असार २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता साझेदार एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ। कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

    आज बस्ने सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा हुने उनले बताए।

    ‘पार्टीको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। त्यस्तै केही साथीहरूले पार्टी छाडेर जानु भएको छ। उहाँहरूको जिम्मेवारीमा रहेका ठाउँहरूको पनि पूर्ति गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त अहिलेको राजनीतिक परिस्थितिबारे पनि छलफल हुन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार