Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • आज पनि सुनको भाउ स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?


    आइतबार, माघ १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

    गत शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

    शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार