Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउने एचआइभी संक्रमित बिरामीको औषधि प्रभावित


    सोमबार, चैत्र २४ २०७६
    715
    Shares
  • २ मिनेट पाठ
  • २४ चैत, काठमाडौं । एचआईभी एडस संक्रमितका विरामीले सेवन गर्ने औषधि सिमित मौजाद मात्र बाकी रहेको छ । कोरोना भाइरस (कोभिड १९ )संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लक डाउनले एचआइभी संक्रमितले सेवन गर्ने विरामी प्रभावित बन्ने भएका छन ।

    औषधि सेवन गर्दै आएका संक्रमितहरूले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेका भए पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाइ गरेपछि समस्या भएको हो ।

    महासंघका अध्यक्ष राजेश दिदियाले राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको  जानकारी दिए ।

    हाल देशभर एआर्टी लिनेको संख्या १८ हजार ५ सय ५५ छ ।

    औषधि वितरणमा समस्या परेपछि महासंघले सम्बन्धित जिल्लाका एआरटी सेन्टरसँग समन्वय गरेर औषधि वितरण गरिरहेको छ ।

    एचआइभी संक्रमितले लिँदै आएको औषधि एआर्टीको स्टक दुई महिनाका लागि मात्र छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।

    काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिँदै आएका छन् ।  सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घरघर औषधि पुर्‍याउने काम भइरहेको जनाइएको छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार