एजेन्सी। चीनमा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३१ नाघेको छ । सरकारी सञ्चार माध्यमहरूले बताएअनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घर र ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना अझै बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।
सो क्षेत्रबाट ९०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो । पहिरो कसरी भयो भन्ने अज्ञात छ ।
ठाडो भिर अनि खुकुलो माटोका कारण युनानका हिमाली क्षेत्रमा प्राय पहिरो गइरहन्छ । पहिरो गएको क्षेत्रमा आइतबार राति भारी हिमपात भएको भएपनि त्यसयता हिमपात पातलिएको छ । तर तापमान भने शून्य आसपास नै भएको बताइएको छ ।
चिसोका कारणले पनि खोजी कार्य प्रभावित भइरहेको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend