काठमाडौं। सेयर बजार आज पनि घटेको छ। दुई दिन लगातार ओरालो लागेको उक्त सेयर बजारले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन आइतबार २५ अंक र दोस्रो कारोबार दिन सोमबार ३१ अंकले घटेको नेप्से आज ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ।
सेयर बजार घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ७ अर्ब ६७ करोड बढी मूल्यको सेयर कारोबार भएको थियो।
सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्सको १० र नेपाल लुबे ओइलको ९.९९प्रतिशतले सेयर मूल्य बढेको हो।
यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ६.२० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी अपी पावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
त्यस्तै कारोबारमा आएका उपसमूहमध्ये ६ वटाको मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। आज १०३ कम्पनीको मूल्य बढ्दा १३७ वटाको घट्यो भने ८ को मूल्य स्थिर रह्यो।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend