Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुम्बइको अस्पतालमा २६ नर्स र तीन जना डाक्टर नै कोरोना संक्रमित 


    सोमबार, चैत्र २४ २०७६
    755
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, २४ चैत ।भारतको  एक अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ। मुम्बईमा रहेको वोखार्ड अस्पतालमा कार्यरत नर्स तथा डाक्टरलाई कोरोनाको पुष्टि भएको हो । 

    नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।

    बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ।

    मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना  पुष्टि भएको थियो।

    संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ।

    पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार