Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो


    मंगलबार, माघ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबार र सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ । हिजो तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार