Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कोरोनाको कारण स्थगित भयो नेकपा केन्द्रीय कमिटी बैठक


    बुधबार, कार्तिक १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिना पर सरेको छ । पछिल्लो दिनमा कोरोना संक्रमण बढदै गएको र नेताहरुसमेत संक्रमित बनेर आइसोलेशनमा रहेको कारण बैठक एक महिना पर सारिएको हो ।

    यही कात्तिक १५ का लागि तय गरिएको केन्द्रीय कमिटी बैठक अब मंसिर १५ गतेका लागि तोकिएको छ। 

    नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्तिमार्फत केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ रिजाल र ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार