Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से दोहोरो अंकले घट्दा ६ अर्ब ३६ करोडको कारोबार


    सोमबार, माघ ८ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज नेप्से परिसूचक ३१.४९ अंक घटेर बन्द भएको छ । अघिल्लो दिन आइतबार २५.६३ अंकले घटेको बजार दुई दिनमा ५७ अंक घटेको छ ।

    समग्र बजार १.४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यसदिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ ।

    आज सर्वाधिक परसूचक घट्नेमा हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार