Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कटहरियास्थित ग्यास पसलमा आगलागी


    आइतबार, माघ ७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रौतहटको कटहरियास्थित ग्यास पसलमा आगलागी भएको छ । कटहरियामा आइतबार मिश्रीलाल साह सोनारको ग्यास सिलिण्डर बिक्री गर्ने पसलमा आगलागी भएको हो ।

    आगलागी लगत्तै स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोली आगो नियन्त्रणमा खटिएको थियो । समयमै आगो निभाउन सकिएकाले ठुलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

    आगलागीमा परेर १५ थान सिलिन्डर, ३ थान ब्याट्री, १ थान डिजिटल तराजु जलेर २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगो नियन्त्रणको क्रममा दुई जना प्रहरी सामान्य घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार