Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरको आगलागीमा थप एक जनाको मृत्यु, घाइतेलाई काठमाडौं लगियो


    बुधबार, मंसिर २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विराटनगरको सात घुम्तीमा रहेको कवाडीको गोदाममा आगोलागी हुँदा थप एक जनाको मृत्यु भएको छ। गोदाममा डढेको अवस्थामा शब फेला परेको हो ।

    यसअघि आगोलागिमा परि दीपक मण्डल मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परी रीता सरदार, सुशीला पासवान, पिंकी कामत र किशोर कामत घाइते भएका छन् ।

    उनीहरूलाई थप उपचाकालागि काठमाडौं लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट उनीहरूलाई जलन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सात घुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो । आगलागी प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण र क्षतिको विवरण आई नसकेको प्रहरी जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार