Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सशस्त्र प्रहरीको पोस्टमा आगलागी


    शनिबार, फाल्गुन १२ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हाे ।

    एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको सशस्त्र प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार