काठमाडौं। आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेको छ।
आज ३०८ स्क्रिप्सको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे।
यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो।
हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो।
१३ वटा उपसमूहमध्ये ११ को सूचक घट्दा दुईवटाको मात्रै बढ्यो। हाइड्रोपावरको ०.२० र अदर्श उपसमूहको सूचक १.३८प्रतिशतले बढेको हो।
११७ कम्पनीको मूल्य घट्दा ६४ वटाको मात्रै मूल्य बढ्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend