काठमाडौं । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रृधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनीहरूलाई धरौटिमा छोड्न आदेश गरेको हो ।
गत असोज २४ गते मोरङ जिल्ला अदालतले भने डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । कर्णसहित तीनै जनाले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए । सोही निवेदनको आधारमा साे आदेश आएको हाे ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ६ जनामध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेकोले डाक्टर कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बुबा गोविन्द राईसहित तीन जना पुर्पक्षको लागि थुनामा थिए । उनीहरुको सहयोगी तीन जना भने धरौटीमा रिहा भएका थिए । त्यसबेला मोरङ कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ कि ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका थिए ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको अवैध सम्बन्धबाट असार १४ मा विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा शिशु जन्मिएकी थिइन् । अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङ कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend