Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने


    आइतबार, कार्तिक ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    काठमाडौं । कोरोना दिनप्रतिदिनि समुदायस्तरमा फैलिइरहेको छ । राजधानी काठमाडौंमा दिनमा ४ हजारभन्दा बढी संक्रमित भइरहेका छन् । कोरोना महामारीमा विगत बर्षमा दशैं तिहारको अवसरमा हुँदैआएका राजनीतिक दलका चियापान कार्यक्रम पनि स्थगित गर्न थालिएको छ ।

      नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

    विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार