Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नरमा तीन जनाको सिफारिसः कसले मार्ला बाजी


    सोमबार, चैत्र २४ २०७६
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वसचिव राजन खनाल तथा लगानी बोर्डका पूर्व सिइओ महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

    तीनमध्ये एक जनालाई आजै सरकारले गभर्नर नियुक्ति गर्ने बताइएको छ । दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री ओली शिवाकोटीकै पक्षमा रहेको बताइएको छ । अर्थमन्त्री भने राजन खनालको पक्षमा छन् । तीनै जनाले शक्तिकेन्द्रमा दौडधुप जारी राखेका छन् । पूर्वअर्थसचिव खनाल संस्कृत बिषयमा पीएचडी धारी हुन् । महाप्रसाद अधिकारी लगानीबोर्डका सीइओ हुन् । उनको पदावधि २०७७ असारसम्म छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार