Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


    सोमबार, माघ १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार