Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


    शुक्रबार, पुष २७ २०८०
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (शुक्रबार) इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यस्तै आजै उक्त निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

    यसपछि भोलि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ।

    राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म चुनाव हुँदै छ।

    त्यसका लागि गत सोमबार सातै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।

    मतदानका लागि सा प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएका छन्।

    निर्वाचनबाट प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य चयन हुनेछन्।

    आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार