Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा चुनाव: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता


    सोमबार, पुष २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । आसन्न राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।

    उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

    गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

    सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।

    जस अनुसार नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार