Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • तपस्वी रामबहादुर बम्जन सार्वजनिक (तस्बिरहरु)


    बुधबार, पुष २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मंगलबार काठमाडौँबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।

    मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

    उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।

    प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार