काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य लगातार तेस्रो दिन आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको थियो । आजपनि घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ छ । हिजो मंगगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend