Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पक्राउ परेका रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद


    बुधबार, पुष २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मंगलबार हत्या, अपहरण तथा यौनहिंसा आरोपमा काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। उनले तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका थिए।

    काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ।

    सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार हिजो साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठस्थित उनको घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो।

    ‘उनलाई पक्राउ गरिसकेपछि हामीले बूढानीलकण्ठस्थित बम्जनको घरमा राति खानतलासी गरेका थियौँ’, एआईजी ब्रजाचार्यले भनिन्, ‘हजार, हजारका नोट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ फेला पर्‍यो।’

    साथै उनको घरबाट केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार