Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह


    बिहिबार, कार्तिक ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।

    उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन् ।

    सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाएका छन्।

    उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरे । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।  *

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार