Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभापति देउवाले ‘रअ’ प्रमुख नभेटेको कांग्रेसको दावी


    बिहिबार, कार्तिक ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले पार्टी सभापति शेरबहादुर देउवालाई नभेटेको स्पष्ट पारेको छ।

    बिहीबार फर्केने गरि बुधबार काठमाडौं आएका गोयलसँग सभापतिले भेट्ने कार्यक्रम नभएको सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। उनले भने, ‘सरकारसँगको कुराले उनी आएका होलान्। हामीलाई भेट्नुपर्ने केही छैन।’

    प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट्नका लागि गोयल आएको बताइ एपनि हालसम्म उनले भेटेको औपचारिक जानकारी कसैले दिएका छैनन्।

    नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पनि गोयलसँग प्रचण्डको भेट नभएको प्रष्ट पारिसकेको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार