Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा निर्वाचन: बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमा एमालेले टुंग्यायो उम्मेदवार (सूचीसहित)


    आइतबार, पुष २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आसन्न राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।

    बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।

    अपाङ्गता क्लस्टरबाट विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए।

    कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन्।

    दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको एमाले कर्णालीका एक नेताले जानकारी दिए।

    सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको छ।

    महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

    गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन् भने अपाङ्गता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार