काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ।
अहिले बिहान पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो।
स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।
राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ। यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend