Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना रोकथामका लागि सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने 


    आइतबार, चैत्र २३ २०७६
    990
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २३ चैत । कोरोना भाइरसबिरुद्ध सरकारले ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

    त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुनेछ । क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना भाइरसको लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ । 

    समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट पारेकोे छ । ‘कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय पनि गरेको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार